RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य चौकीका इञ्चार्जलाई मापासे चेक गर्न खोज्दा विवाद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७४, बिहीबार २०:४०
3
Shares
पथरी, २९ चैत / मोरङको कानेपोखरी –४ मा रहेको बयरवन स्वास्थ्य चौकीमा भएको विवाद मिलेको छ । स्वास्थ्य चौकीका इन्चार्ज कामेश्वर अधिकारी र कानेपोखरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा स्वास्थ्य चौकीका संचालक समितिका उपाध्यक्ष सुशिल बुढाथोकी विचको विवाद मिलेको हो ।

स्वास्थ्य चौकीकै भवनमा मदिराले मातेका स्वास्थ्य चौकीको इन्चार्ज अधिकारीलाई अध्यक्ष सहितको टोलीले मापासे चेक गराउन खोज्दा विवाद सुरु भएको थियो । दुई पक्षविच आरोप प्रयारोप नगर्ने सर्तमा लिखित सम्झौता सहित विवाद मिलेको वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राईले बताए ।

२४ घण्टा प्रसूति सेवा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा बारे इन्चार्जसँग गत शनिबार राती ८ बजे बुझ्दा, प्रसूति बारे आफुलाई थाहा नभएको र २४ सै घण्टा डुउटीको तलब आफूलाई नभएको ठाडो जवाफ फोनमा भनेपछि प्रवक्त बुढाथोकीले तपाईले रक्सी पिउनु भाको छ भनेर सोध्दा इन्चार्जले खाएको छु भन्दै जवाफ फर्काएका थिए ।

कानेपोखरी २ कालिस्थानका निम्न वर्गका भूमेश्वर राजवंशीको पत्नी २१ बर्षिय चन्दकला राजवंशी प्रसूति विरामी सहित राती नै स्वास्थ्य चौकी पुग्दा इन्चार्ज अधिकारीले राती नै आफ्नो अनुकुलका हेमनारायण चौधरी,योगेन्द्र दाहाल लगायत कांग्रेस निकट नेताहरु बोलाएर थिए । अधिकारीले बोलाएकाहरुले घटनाको समाधान गर्नुको साटो उल्टै छुट्टीको दिन कर्मचारी आफुखुसी बस्न पाउनु पर्छ भन्दै घटनालाई वृहत बनाएका थिए ।

त्यसबेला मदिराले लट्ठ भएका इन्चार्ज अधिकारीलाई प्रहरी चौकी बयरवनका असई नरेन्द्र थेवेले मापासे परीक्षणका लागि राती नै उर्लाबारीको मंगलबारे हस्पिटल लगेका थिए । स्वास्थ्य चौकीमा विवाद भएपछि प्रसूति विरामीलाई विराटनगर स्थीत कोशी अञ्चल अस्पताल लगेका थिए । चन्द्रकलाले सोमबार विहान अस्पतालमा छोरो जन्माइन ।

मंगलबार घटना बारेमा छानबिन गर्दै र छलफलको वातावरण गरिदिन आग्रह गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय कार्यकर्ता वडा नम्बर–४ को वडाध्यक्ष तथा स्वस्थ्य चौकी संचालक समिति अध्यक्ष धनबहादुर राईलाई आग्रह गरेपछि बुधबार छलफलबाट बिवाद टुङ्गाएको अध्यक्ष धनबहादुर राईले बताए ।

स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवाका लागि सन्जीला घिसिङ र सपना वि.कलाई गाउँपालिकाले नियुक्त गरेको थियो । सोही समयमा प्रसूति बेथा लागेर प्रसूति गराउनका पहल गर्न कानेपोखरी स्वास्थ चौकी संयोजक बुद्धिमान बस्नेतलाई आग्रह गर्दा समेत बेवास्ता गरेको प्रवक्त बुढाथोकीले बताए । कानेपोखरी गाउँपालिकाका प्रशासकिय अधिकृतले पछिल्लो समयमा घटनालाई प्रोत्साहन गरेको प्रवक्ता बुढाथोकीले आरोप लगाए । जिल्ला जनस्वास्थ कार्यालयले स्थानीय तहमा स्वास्थ्य चौकी हस्तान्तरण गरे पछि चौकीलाई जनप्रतिनिधिहरुले रेखदेख गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर