RUMPUM
animated ellipse animated ellipse

गौतम बुद्ध स्कूलमा सिंगीन स्टार र फन फेस्टा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७४, सोमबार १६:१५
36
Shares
विराटनगर, ७ फागुन / विराटनगरमा रहेको गौतम बुद्ध स्कूललमा ‘फन फेस्टा तथा गौतम बुद्ध सिंगीन स्टार प्रतियोगिता सम्पन्न भएको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्कूलमा भएको गौतम बुद्ध सिंगीन स्टार २०७४ को उपाधि प्रकाश विकले जितेका छन् । प्रतियोगिताको फाइनलमा ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रकाश गौतम बुद्ध सिंगीन स्टारको उपाधि जितेका हुन् ।

प्रतियोगिताको फस्ट रनरअप राहुल मण्डल र सेकेण्ड रनरअप प्रसिद्ध सुवाल घोषित भए ।

प्रतियोगिताको निर्णायकहरुमा गायक ज्योती सुब्बा र दिपेन थापा रहेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विगत तीन वर्षदेखि यस्तो प्रतियोगिता गर्दै आएको स्कूलका प्रिन्सिपल केशवलालसिंह सुवालले जानकारी दए ।
सोही अवसरमा गौतम बुद्ध सेकेण्डरी बोर्डिङ स्कूलमा आजै ‘फन फेस्टा’ कार्यक्रम सम्पन्न भयो ।

उक्त फन फेस्टामा विद्यार्थीहरुले बनाएको विभिन्न परिकारदेखि मनोरञ्जनत्मक खेलहरु राखिएको थियो । कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरुले फन फेस्टामा परिकारदेखि मनोरञ्जनको खेलहरु राखिएको स्कूलले जनाएको छ । सोही अवसरमा कक्षा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको स्कूलका प्रिन्सिपल सुवालले जानकारी दिए ।

स्कूलले लिएको परीक्षामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थी र स्कूलले आयोजना गरेको विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै विद्यार्थीहरुले साँस्कृति झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरी दिनभरी अभिभावक, सहभागि भएकालाई मनोरञ्जन प्रदान गरे ।

उक्त फन फेस्टाको उद्घाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण स्कूलका प्रिन्सिपल सुवाल, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रम्भादेवी डंगोल तथा शिक्षकहरुले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर