AArya
RUMPUM
animated ellipse animated ellipse

यूवालाई सिपमुलक तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७४, आईतवार १८:२०
3
Shares
विराटनगर, ४ चैत / यूवा यूवतीहरूलाई रोजगारी दिने उद्देश्यले मोरङको धनपालथान गाउँपालिकामा मोबाइल फोन मर्मत, ब्यटिसियन र बिल्डिङ्ग इलेक्ट्रिसियन तालिम सुरु भएको छ ।

धनपालथान गाउँपालीकाको आर्थिक सहयोग र जय नेपाल होटल म्यानेजेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रो.लीको आयोजनामा आजदेखि तालिम सुरु भएको हो ।
सिमा क्षेत्रमा बसोबास गर्ने निम्न आर्थिक अवस्था भएका यूवा यूवतीहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्य अनुरुप तालिम दिएको बताइएको छ ।

तालिममा धनपालथान गाउपालीका १, २ र ३ वडाका ६० जनाको सहभागि रहेको आयोजक समितिका अध्यक्ष मो. इर्शाद अन्सारीले जानकारी दिए । तालिमको उद्घाटन धनपालथान गाउँपालिकाका प्रमुख हिरालाल सिंहले गरे । तालिममको उद्घाटन गर्दै प्रमुख सिंहले तालिममा सिकेको सिप व्यवहारमा उर्तान जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर