AArya
RUMPUM
animated ellipse animated ellipse

दुबै मृगौला खराव भएका युवाको सहयोगकालागि याचना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०७४, बुधबार १३:५३
3
Shares
बिराटनगर ११ साउन । दुवै मृगौला फेल भएका एक युवाले आर्थिक अभावले गर्दा प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोग याचना गरेका छन ।
मोरंग पथरी शनिश्चरे ३ का ३३ बर्षिय योगन्द्र लावतीको दुबै मृगौला फेल भएपछि अर्थिक अभावले गर्दा प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका हुन ।
लामो समय साउदी अबरमा बसेर घर फर्केका लावतीको दुबै मृगौला फेल भएपछि हप्तामा तीन दिन डायलोसिस गराएर पति योगेन्द्रको जीवन बाँचिहरको श्रीमती पुर्णशिला लावतीले बताइन । उनका अनुसार मृगौला प्रत्यारोपण गर्न सके उनी स्वस्थ्य हुन सक्छन ।
प्रत्यारोपणकालागि ससुरा राजशमशेर आफनो मृगौला दिन तैयार भएपनि आर्थिक अभावले गर्दा प्रत्यारोपणकाागि योगेन्द्र अस्पताल भर्ना हुन सकेका छैनन ।
नेपाल सरकारले मृगौला प्रत्यारोपणकालागि कानुन निर्माण गरेर उपचारमा केही सहुलियत दिने व्यवस्था पनि गरेको छ । तर प्रत्यारोपणकालागि काठमाण्डौ नै जानुपर्ने र औषधी र परिक्षणकालागि लाखौ रुपैया खर्च हुने भएकोले आर्थिक अभावले गर्दा संभव नभएको सहयोगी कृष्ण निरौलाले बताए ।
नेपालमा त्रिबि शिक्षण अस्पतालमा , मानव अंग प्रत्यारोपण केन्द्र र बीर अस्पतालमा मृगौला प्रत्यारोपण हुदै आएको छ ।
सरकारले मृगौला रोगीहरुकालागि डायलिसस निशुल्क गराएपछि औषधी भने बिरामीले आफैले खरिद गरेर खानुपर्छ ।
२ छोराछोरीका बाबु रहेका बिरामी योगेन्द्रले बिदेशबाट कमाएर ल्याएको पैसा परिवार पाल्दै सकिएको र जग्गा जमिन केही नभएकोे प्रत्यारोपणकालागि खर्च जुटाउन नसकेको बताए ।
उनले उपचारकालागि प्रभु बैकको ०८६१०७००९१५९२७०००००१ नम्बरको बचत खातामा मोवाइल नम्बर ९८१७३०९११४ सहयोग गरिदिन सरकार र दाताहरुसँग आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर