AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किर्ते गरि उमेद्वार सिफारिस गरियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७४, शुक्रबार १७:२५
3
Shares
विराटनगर २ असार / क्षेत्र न.५का क्षेत्रीय सभापती दिलिप पोखरेलले विधान विपरित एकतर्फीरुपमा उमेद्वार सिफारिस गरेकोमा स्थानीय कांग्रेस नेताहरुले विरोध जनाएका छन् ।
साविक वार्डन.१६ हाल १२ न.वार्डमा भीमबहादुर केसीको नाम टिपेक्स लगाएर हरिनारायण यादवलाई टिकट दिएको भन्दै कांग्रेसका स्थानीय नेताहरुले विरोध जनाएका हुन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी आर्थीक प्रलोभनमा परेर क्षेत्रीय सभापति पोखरेलले यादवलाई टिकट दिएको बताए । क्षेत्रबाट भीमवहादुर केसी र हरिनारायण यादवको सिफारिस भएको थियो तर क्षेत्रीय सभापति पोखरेलले सिफारिस भएको कागजात किर्ते गरी एकल दावेदारी रहेको भन्दै यादवको नाम जिल्लालाई सिफारिस गरेका थिए ।
जानकारका अनुसार क्षेत्रीय सभापति पोखरेलका दाजु किशोर पोखरेल एमालेबाट सोही वडामा प्रतिनिधीत्व गर्दे उठेका छन् । कांग्रेसवाट कमजोर क्यान्डिडेट दिँदा एमालेवाट आफ्ना दाजु जित्ने भएका कारण क्षेत्रीय सभापति पोखरेलले दोहरो रोल खेलेको बुझिएको छ । पत्रकार सम्मेलनमा बोल्दै भीमबहादुर केसीले कांग्रेसका बहुसंख्यक समुदायको प्रतिनिधीत्व गर्दे वार्डअध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर