मिनिल्याडमा निर्वाचन प्रद्धतीबाट स्कूल क्याप्टेन चयन
पूर्वाञ्चल खबर
५ जेष्ठ २०७४, शुक्रबार २१:००
3
Shares
रबिन्द्र बराल
रंगेली,५ जेठ / मोरङको रंगेलीमा रहेको मिनिल्याड बोर्डिङ स्कूलले आज निर्वाचन प्रकृयाबाट स्कूल क्याप्टेन तथा हाउस क्याप्टेन छनोट गरेको छ ।
देशनै अहिले निर्वाचनमय भइरहेको अवस्थामा स्कूलले निर्वाचन पद्धतिबाट क्याप्टेन छनौट गरिएको हो । त्यसै गरि स्कूल क्याप्टेनमा निश्चल प्रसाइले १ सय ४५मत , भ्वाइस क्याप्टेन रोशा यादवले १ सय ९४ मत , रेड हाउस क्याप्टेन देवी मुस्कानले ४० मत भ्वाइस क्यापटेन मोनीका शोनीले ५२ मत ,ग्रीन हाउस क्याप्टेन अस्मिता साहले ४२ मत ,भ्वाइस क्याप्टेन जिनत खातुनले र ब्लु हाउस क्याप्टेन गोदाबरी ठाकुरले ४३ मत भ्वाइस क्याप्टेन शाक्छी दासले ४४ मत एल्लो हाउस क्याप्टेन योगिता राजबशीले ३७ मत पाई निर्वाचित भएका छन् ।
कक्षा ४ देखि १० सम्मका कुल ३ सय ७५ बिद्यार्थी मतदानमा सहभागी रहेको स्कूलका प्रिन्सिपल विकर्ण कार्कीले जानकारी दिए ।
विद्यालयले प्रत्येक वर्ष शैक्षिक् स्तरको सुरुवातसँगै निर्वाचन पद्धतिबाट मनिटर चयन गर्दै आएको स्कूलका प्रिन्सिपल कार्कीले बताए ।