रबिन्द्र बराल
रंगेली, ३ जेठ / मोरङको सोराभाग ९ स्थित बिराट पोल्टि फर्मका विरुद्ध चैत्र ३१ गते देखि शुरु गरेको आन्दोलन आज देखि स्थगित भएको छ ।
आज पोल्टि फमका सञ्चाकहरु तिलचन्द भट्टराई ,ऋिषिवचन यादव र नितेश गुप्ता सहितको बार्ता टोलि र स्थानीय बिच भएको बार्तामा उद्योगले २ बर्षको समय मागी उद्योगमा भएका कुखुरा हटाई सक्ने,नयाँ कुखुरा थप नगर्ने,झिँगा नियन्त्रण गर्ने,दुर्गध हटाउने र बन्दै गरेको नयाँ सम्रचना नबउने र दुई बर्ष भित्र कुखुरा फम हटाउने सहमति भए पछि आन्दोलनरत स्थानीय बासिन्दाले आजदेखि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेक ासचिव इन्दिरा उप्रेतीले जानकारी दिइन् ।