विराटनगर, ३० बैशाख / टोल सुरक्षा समिति विराटनगर वडा नं.९को आयोजनामा आज मुस्लिम बस्तिमा महिला हिंसा,बाल अधिकार, बालविवाह तथा कानूनी सजायक सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडाप्रहरी कार्यालय ’ख’ हाटखोलाका प्रहरी सहायक निरीक्षक रामकुमार श्रेष्ठ, प्रहरी हवल्दार जानुका पोखरेल, प्रहरी जवान योगेश दाहाल, टोल सुरक्षा समितिका संयोजक नागेन्द्र भगत,सदस्यहरु तिलकुमारी शर्मा, अनु पोखरेलद्वारा अभिमुखिकरणको सहजीकरण गरेका थिए ।
मुस्लिम महिला र बालबालिकाहरुमाथी बढी हिंसा हुने,बालविवाह हुने भएकाले सचेतना कार्यक्रम गर्नु परेको टोल सुरक्षा समितिले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा स्थानीय मुस्लिम महीलाहरुको सहभागी रेहेको थियो ।