विराटनगर, २९ वैशाख । दिगो विकास लक्ष्य प्राप्त गर्न नर्सेजको भूमिका भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय नर्सिङ दिवशका अवसरमा आज विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
नर्सिङ संघ मोरङले आज विराटनगरमा रहेको नोबेल मेडीकल कलेजमा गरेको छलफल तथा वक्तृत्वकला कार्यक्रममा बोल्नेहरुले आज पनि नर्सेजहरुले आफ्नो लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै नर्सिङ संघ मोरङकी अध्यक्ष कविता अधिकारीले नर्सेजहरुले बिरामीहरुको २४ घण्टा हेरचाह गरेपनि सरकारले प्रर्याप्त लोकसेवा आयोगको दरबन्दी नखुलाएकाले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको बताए । अहिले पनि नर्सहरुले भोलिन्युटर सर्भिस गरिरहेको ,नीजि क्लिनिकहरुले काम लगाउने तर पारीश्रमीक कम दिने गरेको जानकारी दिए ।