मोरङ, बैशाख, २९ गते। मोरङको सुनबर्शी नगरपालिका-९ बस्ने ३० बर्षिया मुन्नीदेवी साह शुक्रबार करेन्ट लागेर घाइते भएकी छिन् ।
विहान ८;३० बजेतिर आफ्नै घर सफा गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको कोशी अंचल अस्पाताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।