AArya
RUMPUM
animated ellipse animated ellipse

शैक्षिक मेला विराटनगरमा सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७४, शनिबार १८:३१
3
Shares
बृहत भारतिय शैक्षिक मेलामा परार्मश लिदै विद्यार्थी तस्वीर- पुष्पराज थपलिया
विराटनगर, २३ वैशाख / आर्यन एजुकेशन फाउण्डेसनको आयोजनामा विराटनगरमा दुई दिने ७ औं बृहत भारतिय शैक्षिक मेला विराटनगरमा सुरु भएको छ ।
आज एक कार्यक्रम आयोजना गरि शैक्षिक मेला सुरु भएको हो । मेलामा भारतको निजी तथा सरकारी गरी २० वटा कलेजको सहभागिता रहेको छ । कक्षा १२ को वार्षीक परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि मेला आयोजना गरिएको आर्यन एजुकेशन फाउण्डेसनको अध्यक्ष सुदिपकुमार नायबले जानकारी दिए ।
मेलाको पहिलो दिन एक हजार तीन सय भन्दा विद्यार्थी, अभिभावहरुको सहभागिता रहेको थियो । पहिलो दिन सहभागि भएका अधिकाश विद्याद्यार्थीहरुले इन्जिनेरिङ अध्ययनको बारेमा जिज्ञासा राखेका बताइएको छ । मेलाको सुरुको दिनमा १३ जना विद्यार्थीहरुले इन्जिनियरीङ्ग अध्ययनको लागि एडभिसनको लागि फारम समेत बुझाएका छन् ।
भारतको कलेजमा इन्जिनियरीङ्गको कोर्ष पुरा गर्न ६ लाख देखि २० लाख भारु रुपैयाँसम्म लाग्ने अध्यक्ष नायबले बताए । यही भित्रबाट खान र बस्नको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर