AArya
RUMPUM
animated ellipse animated ellipse

पथरीमा खुलेआम यौन धन्दा, प्रहरीले यौनकर्मी पक्रदै छोड्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७४, शुक्रबार १९:०१
3
Shares
पथरी, २२ वैशाख / पथरीशनिश्चरेका होटलहरुमा खुलेआम यौन धन्दा हुने गरेको पुष्टी हुन थालेको छ । ईलाका प्रहरी कार्यालयले बारम्बार छापा मारे पनि यौन धन्दा रोकिएको छैन ।
आज ईलाका प्रहरी कार्यलय पथरीले पथरीशनिश्चरे मुख्य चौकमा रहेको होटलहरुबाट ३ जोडी पक्राउ परेका हुन् ।
खोटाङ्गे चाम्लिङ होटलबाट १ जोडी र बी. बी. क्यू होटलबाट २ जोडी सहित २ होटल सञ्चालिकाहरुलाई पक्राउ गरेका छन् । आज दिउँसो ३ जोडी सहित होटल संचालिकाहरु खोटाङ्गे चाम्लिङहोटकी सुनिता राई र बी. बी. क्यू होटलकी सञ्चालिका विष्णु बिष्टलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका तीन जोडीहरु मध्ये बी.बी.क्यु. होटलबाट समातिएका दुई जोडी सहित सञ्चालिका बिष्टलाई प्रहरीले छाडिदिएको छ ।
यसरी एउटा होटललाई नछाड्ने र अर्काे छाड्नु पर्ने किन ? भन्ने प्रश्नमा इप्रका पथरीका प्रहरी निरीक्षक राजन कार्कीले भने–‘बी.बी.क्यू.मा पक्राउ परेकाहरु खासै यौनकर्मी जस्तो लागेन । अनुसन्धान गर्दा विवाह गर्न आँटेको जोडी रहेकोले सञ्चालिका र उनीहरुलाई छाडिएको हो ।’ इप्रका पथरीले प्रायः पेशेवर युवतीहरुलाई पक्राउ गरी कारवाही नगरेकाले अन्य होटलहरुलाई असर परेको एक होटल व्यवसायी बताउँछन् ।्
यस विषयमा बारम्बार समाचार सम्प्रेरण भइरहँदा पनि प्रहरीले छापा मार्ने अनि छाड्ने गरेको छ । केही समय अगाडि सुनसरी इटहरीमा विनोद शर्माले यौनधन्दा उठिबास लगाएपछि अहिले पथरीमा यौनकर्मीहरु फस्टाएको स्थानीय बुद्धिजिवीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर