AArya
RUMPUM
animated ellipse animated ellipse

नेताहरु ट्रयाक भन्दा बाहिर गए र देश गम्भीर संकटमा पर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७४, बिहीबार १८:४४
3
Shares
विराटनगर, २१ बैशाख / प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध ब्यवस्थापिका संसदमा महाअभियोग दर्ता भएको विरोधमा नागरिक आन्दोलन शुरु गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन ।
विराटनगरमा पूर्वाञ्चल मानवअधिकार संजाल र महिला मानवअधिकार रक्षक संजालले आज आयोजना गरेको अन्तरसंवादका बत्ताहरुले देश संकटमा रहेको बेला नागरिक सामाजले सही मार्ग देखाउनु पर्ने भन्दै महाभियोग प्रश्ताव फिर्ता लिन आन्दोलन गर्नु पर्ने बताएका हुन । उनीहरुले महाअभियोग लगाउनु पर्ने कारण थियो की थिएन भनेर बहश गर्ने बेला भएको भन्दै अहिलेको अबस्थालाई नियन्त्रण नगर्ने हो भने नेताहरु ट्रयाक भन्दा बाहिर जाने र देश गम्भीर संकटमा पर्ने बताएका हुन् ।
कार्यक्रममा महिला अधिकारकर्मी रेणु अधिकारीले सडक र सदनबाट आन्दोलन गर्नु पर्ने बताइन् । उनले महाअभियोग फिर्ता नगराए भोट बहिस्कार गर्नु पर्ने भन्दै स्वतन्त्र न्यायपालिका माथि भएको नाङगो हस्तक्षेप स्वाभिमानी नेपालीलाई स्वीकार्य नहुने बताइन् ।
त्यसैगरी इन्सेक क्षेत्रीय संयोजक तथा पूर्वाञ्चल मानवअधिकार संजालका अध्यक्ष सोमराज थापाले राजनितिक दललाई संकट परेको बेला नागरीक समाजले साथ दिएको भएपनि दलहरुको न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गरेर सशङकीत बनाएको बताए । त्यसैगरी नेपाल वारको केन्द्रीय पार्षद उद्धबचन्द्र घिमिरेले आन्दोलन भन्दा पनि यो विषय ठिक वा बेठिक भन्ने विषय बहष गरेर सही विषय बाहिर ल्याउन जरुरी भएको बताए ।
उच्च अदालत विराटनगर नेपाल वार इकाइका अध्यक्ष लिलाबल्लभ अधिकारीले पञ्चायत, राणाशासन, राजतन्त्रमा पनि नदेखिएको प्रबृती गणतन्त्रमा देखिएको भन्दै विना आधार र कारण महाअभियोग लगाउनेलाई जनताले सिद्धाउने बताए । कार्यक्रममा एमाले नेतृ यशोधा अधिकारी, प्राध्यापक डाक्टर भेषप्रसाद धमला, राजनारायण यादव, गैरसरकारी सस्था महासंघका केन्द्रीय सदस्य त्रिलोक न्यौपाने, एमाले नेता बसिम आलम, मञ्जीता उपाध्याय लगायतले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर