RUMPUM
animated ellipse animated ellipse

एक सय २८ औं मजदुर दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७४, सोमबार १५:००
3
Shares
बिनु तिम्सिना
विराटनगर,१८ बैशाख/ विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै एक सय २८ औं मजदुर दिवस मनाइएको छ ।
एक सय २८ औं मजदुर दिवसको अवसरमा आज अखिल नेपाल ट्रेड युनीयन महासंघ मोरङले ¥यालीको आयोजना गरेको छ । विराटनगरस्थित संसारीमाइस्थानबाट निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
¥याली पछि आयोजना गरिएको कोण सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विराटनगरका मेयरको उम्मेदवार भोगेन्द्र यादवले मजदुरहरुको योगदानले मुलुक बन्ने भएकाले उनीहरुको अधिकार संरक्षणका माओवादी केन्द्र सदैव तत्पर रहने बताए । त्यस्तै उपमेयरकी उम्मेदवार नमिता न्यौपाने माओवादी केन्द्रको नेतृत्वमा विराटनगरमा स्थानिय सरकार बने मजदुरका जायज मागहरुलाइ उचित सम्बोधन गर्ने बताइन् ।
कोण सभामा बोल्दै मोओवादी केन्द्र मोरङका संगोजक गोपी आछामी, अखिल नेपाल ट्रेड युनीयन महासंघ मोरङका अध्यक्ष उपेन्द्र रायले मजदुर आयोगको गठन गरेर मजदुरहरुको समग्र समस्याको समाधान गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै पेशागत महासंघ नेपाल र जिफन्टको संयुक्त आयोजनामा १ सय २८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
विराटनगर संसारी माईस्थानमा आयोजित कार्यक्रममा मजदुरहरुले अहिले पनि संविधानमा श्रमिकका अधिकार पूर्ण रुपमा सुरक्षित नभएको बताए ।
उनीहरुले सीमित रुपमा पाएको अधिकार कार्यान्वयन गर्दै थप अधिकार प्राप्तिका लागि स्थानीय सरकारमार्फत मजदुरका अधिकार संरक्षण हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिफन्ट एक नम्बर प्रदेश सचिव किशोर धमलाले अहिले पनि श्रमिकहरुले सरकारले तोकेको न्यूनतम पारीश्रमिक नपाएको बताए । उनले सामाजिक सुरक्षा ऐन तुरुन्त लागू गर्दै श्रमिकहरुका मुद्दा निर्णय गर्न श्रम आयोग गठन गर्नु पर्ने बताए । श्रमिकका अधिकार सुरक्षित गर्न स्थानीय तहदेखि केन्द्रसम्म १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनु पर्नेमा उनले जोड दिए ।
कोणसभा अघि निकालिएको मजदुरहरुको ¥यालीले विराटनगरका विभिन्न भागको परिक्रममा गरेको थियो । ¥यालीमा महासंघ घटक अन्तर्गतका विभिन्न मजदुर संगठनको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर