विराटनगर, १६ वैशाख/ उतेजित साईरीबाट आफ्नो प्रस्तुती प्रारम्भ गरेकी लोक गायिका ज्योती मगरले मोरङको टंकीसिनवारीमा भएको बुढीगंगा कृषि तथा औद्योगिक महोत्सवमा सहभागिरुलाई प्रायाप्त मनोरन्ज प्रदान गरीन् ।
टिर्सट र रातो पारर्दनी मिनिस्कटमा स्टेजमा उत्रिएका गायिका मगरले सुरुवातदेखि अन्त्यसम्म युवाहरुलाई आफ्नो प्रस्तुतीमा तान्न सफल भइन् । उजेतिज शैलिमा प्रस्तुत भएकी गायिका ज्योतिका प्रस्तुतीमा महोत्सवमा सहभागि एक घण्टा झुमे ।
शुक्रबार राति ९ बजे महोत्सवको स्टेजमा चढेकी गायिका ज्योतिले उतेजिक शैलिमा नाच्दै गाउँने प्रस्तुत गरिरहदा रातको १० बजेको थियो । मैदानभरी दर्शकको साथ पाएकी गायिका मगरले आफ्नो चर्चित एक दर्शन गीत प्रस्तुत गरेर सहभागिहरुलाई प्रयाप्त मनोरञ्जन दिइन् । उनले ‘मुस्केर हिड्ेको चालै राम्रो ……बोलको गीत बाट आफ्नो प्रस्तुती सुरु गरेकी गायिका ज्योतीले ‘चोरी खान पल्केको ढाडे बिरालो….लगायतको गीतहरु प्रस्तुत गरेकी थिइन् ।
मैदानभरी जम्मा भएका सहभागि माझ गीत प्रस्तुत गरिरहदा उनले उतेजित शब्द प्रयोग गरी युवालाई उफारेकी थिइन् । स्थानिय स्वतन्त्र युवा समाज नेपालको आयोजनामा वैशाख ७ देखी १६ गते सम्म भएको महोत्सवमा ३० वटा स्टल रहेको थियो ।
स्थानिय स्थरमा उत्पादन भएको कृषि तथा औद्योगिक क्षेत्रबाट उत्पादन भएको वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा अटोमोवाइल्स, साना तथा घरेलु उत्पादन र हस्ताका सामाग्री, सूचना प्रविधि तथा मोवाइल, शैक्षिक, वैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेन्टको परिकारहरु महोत्सवमा रहेको थियो ।
महोत्सवमा गायक सुगम पोखरेल, गायिका इन्दिरा जोशी, निलिमा राई तथा हास्यकलाकारहरुले प्रस्तुती दिइसकेका छन् ।