AArya
RUMPUM
animated ellipse animated ellipse

जाँते बालमैत्री उन्मुख

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७४, शुक्रबार १७:३६
3
Shares
विराटनगर, १५ वैशाख । मोरङको जाँतेलाई चाँडै बालमैत्री घोषणा गरिने भएको छ । तेतरिया पछि जाँतेलाई वालमैत्री बनाउने अभियान तीव्र पारिएको छ ।
बालमैत्री घोषणाका लागि आवश्क मापदण्डहरु पुरा हुँदै गएको मानव अधिकार तथा वातावरण मञ्च (फरेन)का कार्यक्रम संयोजक नवराज निरौलाले बताए । बालमैत्री बनाउनका लागि फरेनले सहजीकरण गर्दै आएको छ । उनका अनुसार अहिले बालविवाह न्युनीकरणका लागि बालबालिकालाई सचेत बनाउँदै लैजान काम भईरहेको छ ।
अत्यधिक बालविवाह हुने मध्येको एक जाँतेपनि हो, कार्यक्रम संयोजक निरौलाले भने ‘ पहिलेको तुलनामा निकै घटेर गएको छ ।’ उनका अनुसार अहिले बालविवाह गर्नेको संख्या १८ प्रतिशत छ । जाँतेलाई बालविवाह मुक्त गर्ने उद्देश्य अनुसार बाल सञ्जालले सरोकारवालावीच बाल विवाह न्युनीकरण विषयक अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा प्लान नेपालका मोरङ प्रमुख कालभान राई, महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी (वराल), एजुकेशन हेल्प लाईनका अध्यक्ष राजेन्द्र ढकालले बालविवाह न्युनीकरणका लागि बालबालिका नै सचेत हुनु पर्नेमा जोड दिए ।
सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त गर्ने योजना लिएको छ । सोही अनुसार मोरङमा अभियान चलाईको छ । प्लान नेपालको सहयोगमा फरेनले सहजीकरण गर्दै आएका तेतरिया, दादरवैरिया र पोखरिया यसअघि नै बालविवाह मुक्त घोषणा भईसकेका छन् । मुलुक ऐनका नयाँ संशोधन अनुसार अहिले विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्षको हुनु पर्ने छ ।
साविकको जाँते गाविस अहिले लेटाङ नगरपालिका ८ र ९ नम्वर वार्ड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर