रबिन्द्र बराल
रंगेली, १३ बैशाख / मोरङको रंगेली नगरपालिका ७ अवस्थित श्री आदर्श माध्यमिक बिद्यालयले भर्ना अभियान सञ्चालन गरेको छ ।
“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा “ भन्ने मुल नाराका साथ भर्ना अभियान थाले स्कूलले जनाएको छ । बालबर्ग देखि कक्षा ९सम्म भर्ना समेत सुरु गरेको छ ।
बिद्यालयका शिक्षक,शिक्षिका तथा कर्मचारी घर घरमा पुगि बिद्यालय जाने तथा नजाने ४ बर्ष देखि बालबालिका अभिभावकलाई सम्झाई बुझाई बिद्यालय पठाउन आग्रह समेत गरेका छन ।
यस भेगमा मुसहर,सतार सन्थाल,ऋिसिदेव, सरदारको बसोवास बढी रहेकोे छ । यहाँ अधिकान्श गरिबी भएको कारणले गर्दा आमा बुबा दैनिकी ज्याला मजदुर गरेर घर खर्च चलाउने र बालबालिका घरैमा बसेर बाख्रा ,गाई,हरु चराएर बस्ने गरेका छन् ।
सो क्षेत्रका बालबालिका बिद्यालयको पहुँच भन्दा टाढा रहेकाले शिक्षाबाट टाढा रहेका छन् । बर्षेनी शिक्षामा करोडौं रुपैयाँ खर्च गरेपनि सो को उपलब्धि नभएर बालुवामा पानी हाले सरि भएको छ ।
२०४८ सालमा स्थापना भएको श्री आदर्श माध्यमिक बिद्यालयमा हालमा ५ सय ४० जाना बिद्यार्थीरहेका छन् । यस बिद्यालयमा सतार(सन्थाल) ऋिसिदेव,मुसहर ,बाँतर,मण्डल,साह,राजवंशीलगायतका बालबालिका मात्रै अध्ययन गरिरहेका बिद्यालय प्रधानध्यापक ध्रुवदेव दासले बताए ।
उनका अनुसार बिद्यालयको आर्थिक स्रोत नभएका कारण आफुहरुले निजि स्रोतबाट शिक्षक राखि माध्यमिक तहको कक्षा सञ्चालन गरेको र अभिभावकसँग चन्दा सङकलन गरेर बिद्यालय सञ्चालन गरेको समेत बताए ।