RUMPUM
animated ellipse animated ellipse

धरानबाट ४९९ किलो गाँजासहित भारतीय गाडी र चालक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०८३, आईतवार १५:४५
3
Shares
विराटनगर /सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा शनिबार राति सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार शनिबार राति करिब ११ः३० बजे इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेको संयुक्त प्रहरी टोलीले भारतीय नम्बर प्लेट बीआर ११ वाई ३०३९ को गाडी जाँच गर्ने क्रममा ४९९ किलो गाँजा फेला पारेको थियो।

प्रहरीले गाँजासहित उक्त गाडी र चालक मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालक, गाडी र बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर