पूर्वाञ्चल खबर
बचतकर्ताको अरबौ रुपैयाँ हिनामिना गरेको आरोपमा लामो समयदेखि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको हो ।
लामिछानेको पक्राउबारे गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको बिगो हिनामिना प्रकरणका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको दाबी गरेका छन् ।
गृहमन्त्री गुरुङका अनुसार सहकारी पीडितलाई न्याय दिलाउन आफूले जिम्मेवारी सम्हालेदेखि नै खोजी तथा अनुसन्धानलाई तीव्रता दिइएको थियो । उनले प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई समेत खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
बराह सहकारीका सञ्चालकहरूले धरानसहित देशभरका ४ हजार ७७२ भन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
रकम हिनामिना प्रकरण सार्वजनिक भएपछि लामिछाने फरार रहँदै आएका थिए । यसै प्रकरणमा सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा र गंगा कालिकोटेलगायतका व्यक्ति अझै फरार रहेको बताइएको छ ।