RUMPUM
animated ellipse animated ellipse

मुकुल ढकाल र निशा डाँगी मंसिर १० मा विवाह बन्धनमा बाँधिँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०८३, बुधबार १४:५६
63
Shares
विराटनगर /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन् ।

विवाहको तयारी ढकालको विराटनगर–३, दूधफारमस्थित घरमा सुरु भएको छ । आज उनको घरमा नान्यमुखी श्राद्ध र ग्रह पूजा गरिएको छ । विवाहको मिति तय भए पनि निमन्त्रणा कार्ड छपाइलगायतका काम बाँकी रहेको ढकालले बताएका छन् ।

विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरमा आयोजना गर्ने तयारी छ । डाँगीको आफ्नै घर भाडामा रहेकाले आफन्तको घरबाट विवाह गर्ने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

ढकाल र डाँगीको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चामा आएको थियो । २०८१ सालमा पार्टीको केन्द्रीय समिति बैठकमै ढकालले आफ्नो प्रेम सम्बन्धलाई लिएर टिप्पणी भएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनीहरूको सम्बन्धबारे विभिन्न समयमा सार्वजनिक रूपमा चर्चा हुँदै आएको थियो ।

ढकाल रास्वपाका संस्थापक महामन्त्री तथा प्रवक्ता थिए । पार्टी नेतृत्वसँगको विवादपछि उनी पार्टीबाट निष्कासित भएका थिए । डाँगी भने रास्वपाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर