RUMPUM
animated ellipse animated ellipse

मोरङबाट १० लाख ३० हजार बराबरको भन्सार छलीका सामान र सवारीसाधन बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०८३, बुधबार ११:०१
45
Shares
विराटनगर / सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार मूल्य १० लाख ३० हजार ४५० रुपैयाँ बराबरको अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ ।

मंसिर १ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र मातहतको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा एक थान मोटरसाइकल, एक थान स्कुटर र भन्सार छली गरी प्रयोग गरिँदै आएको एक थान भारतीय इलेक्ट्रिक स्कुटर रहेका छन् । त्यसैगरी, तस्करी गरी भित्र्याइँदै गरेको मोटर पार्ट्स, खुर्सानी, धागो र चाइनिज नासपातीसमेत नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सम्पूर्ण सवारीसाधन तथा सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर