पूर्वाञ्चल खबर
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको साइत सार्वजनिक गर्दै उक्त समय निर्धारण गरेको हो । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्व कात्तिक २० गतेदेखि सुरु हुनेछन् ।
निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी ९धन्तेरस० र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ भने कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ ।
कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।