RUMPUM
animated ellipse animated ellipse

कमल चम्किँदा विराटनगर चितवनसँग ८ रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०८३, मंगलवार १७:४५
3
Shares
विराटनगर / नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए। लोकेश बमले २६ रन जोड्दा आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन बनाए। तर, अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा विराटनगरले जितका लागि आवश्यक रन जोड्न सकेन।

विराटनगरलाई लक्ष्यसम्म पुग्न नदिन चितवनका कमल ऐरीले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिँदै विराटनगरको ब्याटिङ क्रमलाई दबाबमा राखे। रिजन ढकालले दुई विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए। रवि बोपारा ३२ रन र दान माउजली २९ रनमा अविजित रहे।

विराटनगरका चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्र रसेलले एक–एक विकेट लिए

यस जितसँगै चितवन राइनोजले एनपीएलमा महत्त्वपूर्ण सफलता हात पारेको छ। विराटनगर भने आठ रनको झिनो अन्तरले पराजित हुँदै खेलबाट अंक जोड्न असफल रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर