पूर्वाञ्चल खबर
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले हाम्रा मौलिक चाडपर्वहरूले समाजमा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता सांस्कृतिक पर्वहरूले समाजलाई एकताको सूत्रमा बाँधेर सकारात्मक दिशातर्फ अघि बढाउने धारणा व्यक्त गरे । कार्यक्रममा उपस्थित शिक्षक–शिक्षिकाहरूले आपसमा बडादसैं, तिहार तथा छठ पर्वको शुभकामना साटासाट गरेका थिए ।