RUMPUM
animated ellipse animated ellipse

अन्तर्राष्ट्रिय एसीसीए परीक्षामा सोम्स कलेज विराटनगरका राहुल साहले पाए शतप्रतिशत अङ्क, कलेजले गर्यो सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०८३, मंगलवार १६:४४
45
Shares
विराटनगर/ विराटनगर–९ स्थित सोम्स कलेजका विद्यार्थी राहुल साह हलवाईले अन्तर्राष्ट्रिय व्यावसायिक लेखा प्रमाणीकरण (एसीसीए) अन्तर्गतको परीक्षामा शतप्रतिशत अङ्क हासिल गरेका छन्।

कलेजका अनुसार उनले गत अक्टोबरमा सञ्चालित ‘फाइनान्सियल एकाउन्टिङ’ विषयको परीक्षामा १०० पूर्णाङ्कमा १०० नै अङ्क प्राप्त गरेका हुन्। विश्वका १८० भन्दा बढी देशमा एसीसीएको अध्ययन–अध्यापन तथा परीक्षा हुने गर्दछ। उक्त उपलब्धिको कदर गर्दै कलेजले आज एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको छ।

कलेजका क्याम्पस प्रमुख रोशन घिमिरेले उनलाई खादा तथा माला लगाएर सम्मान गर्दै आगामी शैक्षिक यात्राको शुभकामना दिए। कलेजको गुणस्तरीय अध्यापन र विद्यार्थीको कडा मिहिनेतका कारण यो ऐतिहासिक सफलता सम्भव भएको क्याम्पस प्रमुख घिमिरेले बताए।

कार्यक्रममा सम्मानित विद्यार्थी साहले लगनशील भएर अध्ययन गरे जुनसुकै कठिन विषयमा पनि सफलता हात पार्न सकिने अनुभव सुनाए। सन् २०१९ मा यूके बोर्डबाट सम्बन्धन प्राप्त गरेको सोम्स कलेजले काठमाडौं उपत्यकाबाहिर पहिलो पटक एसीसीएको अध्यापन सुरु गरेको जनाएको छ। कलेजले विगत आठ वर्षदेखि आफ्नै ‘कम्प्युटरमा आधारित परीक्षा केन्द्र’ (सीबीई सेन्टर) मार्फत एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर