AArya
RUMPUM
animated ellipse animated ellipse

पकेट तथा ब्लक कार्यक्रमकोे अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार १८:५८
3
Shares
विराटनगर, १० वैशाख / जिल्ला कृषि विकास कार्यालय मोरङले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत जिल्लामा सञ्चालित पकेट तथा ब्लक कार्यक्रमको विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वयन इकाइ र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका कृषकहरुलाइ जोन, ब्लक र पकेट कार्यक्रमका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवले कार्यविधि बन्न ढिलाइ भएका कारण पकेट र ब्लक कार्यक्रमका लागि समिति निर्माणमा ढिलाइ भएपनि बैशाख भित्रमा समितिहरु निर्माण गरिने बताए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वयन इकाइका प्रमुख प्रमोदकुमार रिजालले जिल्लामा संचालित माछा जोनका विषयमा, प्रमुख यादवले ब्लक र योजना अधिकृत श्रीधर खनालले पकेटका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा माछा जोनको कार्यक्रम भिन्दै परियोजना कार्यालयको स्थापना गरी यस अघि नै सुरु भइसकेको छ ।
ब्लक र पकेट कार्यक्रम भने जिल्ला कृषि विकास कार्यालय मार्फत सुरु भएको छ । जिल्लामा सिजुवा , कटहरी र सिसवनी जहदामा दुइ वटा ब्लकमा धान र तरकारी तथा ६५ वटा पटेकमा कागति, च्याउ, मौरी, माछा लगायतका विभिन्न कार्यक्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर