विराटनगर, १० वैशाख / धरणीधर पुरस्कार प्रतिष्ठान विराटनगरले गजलकार एवं समालोचक देवी पन्थीलाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले २०७३ सालको ‘धरणीधर राष्ट्रिय पुरस्कार’ले पन्थीलाई पुरस्कृत गरेको हो । वरिष्ठ भाषाविद् डा. टंक न्यौपानेले दोसल्ला ओढाएर नगद १५ हजार राशिसहित सम्मानपत्र समर्पण गरेका छन् ।
इटहरी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा प्रतिष्ठानले राधिका पन्थी, कृष्णविनोद लम्साल र चेवनप्रसाद खरेललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा आयोजित विशेष कविगोष्ठीमा मञ्जु शर्मा, रामसागर अधिकारी, टीका मिलन, जीवनाथ नेपाल, शकुन्तला मञ्जरीलगायतले गीत, गजल र कविता प्रस्तुत गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष साहित्य, समाजसेवा, शिक्षालगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान र पुरस्कृत गर्दै आएको छ ।