पूर्वाञ्चल खबर
कान्तिपुर थिएटर, काठमाडौंको प्रस्तुति रहेको नाटकको निर्देशन सम्राट भुजेलले गरेका छन् भने उपन्यासलाई रंगमञ्चका लागि अर्पण थापाले नाट्य रूपान्तरण गरेका हुन्।
नाटक असोज १७ र १८ गते विरेन्द्र सभागृह विराटनगरमा प्रदर्शन हुँदैछ। दुवै दिन विहान ११ बजे, दिउँसो २ बजे र वेलुकी ५ बजे गरी तीनवटा शो राखिएको छ।
प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक जीवनलाई केन्द्रमा राखिएको ‘समर लभ’ सुविन भट्टराईको चर्चित उपन्यास हो। उपन्यासका पाठकमाझ लोकप्रिय रहेको कृतिलाई रंगमञ्चमा प्रस्तुत गर्न लागिएको हो।
नाटककी मुख्य कलाकार बसना तिमल्सिनाले सम्पूर्ण दर्शकलाई नाटक हेर्न उपस्थित हुन आग्रह गरेकी छिन्। उनले विराटनगरमा हुने प्रस्तुतिमा सहभागी भएर कलाकारको मेहनतलाई माया र हौसला प्रदान गर्न दर्शकलाई अनुरोध गरेकी हुन्।
विराटनगरका नाटक तथा साहित्यप्रेमी दर्शकलाई असोज १७ र १८ गते विरेन्द्र सभागृहमा हुने ‘समर लभ’को प्रस्तुति हेर्न आयोजकले आग्रह गरेको छ।