पूर्वाञ्चल खबर
कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमिति चयनका लागि भएको निर्वाचनमा कुल ८९८ मतदातामध्ये ७९७ जनाले मतदान गरेका थिए । निर्वाचन अधिकृत विकास थापाका अनुसार सभापतिका प्रत्याशी गिरीले १२६ मत प्राप्त गरे। उपसभापति (महिला) मा श्रुती शर्मा निर्वाचित भएकी छिन्। उनले ४९५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत पाइन्।
जिल्ला कार्यसमिति सदस्यमा महानगरबाट महिला कोटातर्फ सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित भएका छन्। पोखरेलले ४३२ र घिमिरेले ३८१ मत प्राप्त गरे। प्रतिस्पर्धी कमला कँडेलले ३०४ मत पाइन्।
महानगरबाट खुलातर्फ जिल्ला कार्यसमिति सदस्यमा ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई (सुगल) निर्वाचित भएका छन्। नेपालले २८८, प्रसाईंले २०५ र भट्टराईले २०४ मत प्राप्त गरे।
खुलातर्फका अन्य उम्मेदवारमध्ये सुजन दाहालले १६९, मुरारीप्रसाद धितालले १६८, आदित्य तुलाधरले १३४, उद्धवकुमार भुजेलले १०३, विदुर सुवेदीले ९३, प्रकाश रायमाझीले ९२, टीकाबहादुर क्षेत्रीले ८९, दीपकप्रसाद आचार्यले ८२, रमनकुमार खवासले ६९, कमल कामतले ६८, दीपनारायण भगतले ५६ र प्रदीपकुमार विश्वासले ४४ मत प्राप्त गरेका छन्।