AArya
RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा परेको स्कार्पियो गाडीमा ३९८ किलो प्रतिबन्धित गाँजा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०८३, आईतवार ११:१६
3
Shares
विराटनगर / पहाडी भेगबाट विराटनगर हुँदै भारततर्फ तस्करी गर्न लैजाँदै गरिएको करिब ३९८ किलो प्रतिबन्धित गाँजा बोकेको स्कार्पियो गाडी विराटनगरमा दुर्घटनामा परेको छ ।

स्कार्पियो गाडी शनिबार साँझ कोशी राजमार्गअन्तर्गत विराटनगरको आयल निगम नजिक दुर्घटनामा परेको परेको हो । लागुऔषध गाँजा ३९८ किलोसहित दुर्घटनामा परेको स्कार्पियो गाडीमा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको चेकिङ छलेर भाग्न खोज्दा अर्को कारलाई ठक्कर दिई दुर्घटना भएपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिँदा गाँजा बरामद भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शनिबार राति करिब १० बजे विराटनगर महानगरपालिका–३ आयल निगमनजिकै प्रहरीको चेकिङ रहेको थियो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कोर्पियो गाडीलाई रोक्न खोज्दा चालकले गाडी तीव्र गतिमा भगाउने प्रयास गरेका थिए ।

सोही क्रममा गाडीले अगाडि जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करपछि प्रहरीले गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा १३ वटा पोकामा प्याक गरी राखिएको ३९८ किलो गाँजा फेला परेको एसपी कटवालले जानकारी दिए ।

दुर्घटना लगत्तै स्कोर्पियोका चालक भने फरार भएका छन् । उनको खोजी तथा पहिचानको काम भइरहेको प्रहरीले जनाएको छ । ठक्करबाट कारको पछाडिको भागमा क्षति पुगेको छ भने कार चालक विराटनगर–३ का ४६ वर्षीय धिरज सिंह सकुशल रहेका छन् । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ। उक्त गाँजा कहाँबाट कसले ल्याएको र कहाँ लैजान लागिएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर