पूर्वाञ्चल खबर

भीमसेनको मूर्तिलाई खटमा राखेर निकालिएको जात्राले विराटनगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । जात्रामा नेवार समुदायका साथै अन्य समुदायका व्यक्तिको समेत उल्लेख्य सहभागिता थियो । धिमेबाजा र लाखेनाचसहित विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।
नेवार समुदायले भीमसेनलाई कुलदेवताका रूपमा पूजा गर्दै आएका छन् । काठमाडौं, दोलखा, भोजपुर, धनकुटालगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा भीमसेन जात्रा निकाल्ने परम्परा छ ।
विराटनगरमा भने पछिल्लो समयदेखि भीमसेन जात्रा निकाल्न थालिएको हो । काठमाडौंस्थित एक दातृ संस्थाले विराटनगरको भीमसेन मन्दिरलाई उपलब्ध गराएको सुनको जलप लगाइएको भीमसेनको मूर्ति संसारीमाई मन्दिरमा स्थापना गरिएपछि यहाँ जात्रा निकाल्न थालिएको हो ।
श्रद्धालुका अनुसार शान्ति, सुख र समृद्धिको कामनासहित भीमसेन जात्रा निकालिएको हो ।