AArya
RUMPUM
animated ellipse animated ellipse

बाल दिवसको अवसरमा ग्रेडेडमा वादविवाद प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०८३, सोमबार १६:५९
3
Shares
विराटनगर/ अन्तर्राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा विराटनगरस्थित ग्रेडेड सेकेण्डरी स्कुलमा विद्यार्थीबीच वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालको अध्यक्षतामा भएको कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख अतिथि तथा निर्णायकका रूपमा सहभागी थिए ।

प्रतियोगिता वरिष्ठ र कनिष्ठ गरी दुई समूहमा सञ्चालन गरिएको थियो । वरिष्ठ समूहमा कक्षा ८, ९ र १० का विद्यार्थीबीच ‘कृत्रिम बुद्धिमत्ता विद्यार्थीका लागि वरदान कि चुनौती रु’ विषयमा बहस गराइएको थियो । कनिष्ठ समूहमा कक्षा ६ र ७ का विद्यार्थीले ‘मोबाइल फोन विद्यार्थीका लागि उपयोगी कि हानिकारक रु’ विषयमा आफ्ना धारणा प्रस्तुत गरे ।

वरिष्ठ समूहमा कक्षा ९ की थानिशा पोखरेल प्रथम भइन् । कक्षा १० का अभिषेक साह द्वितीय र कक्षा ९ की नम्रता राजवंशी तृतीय भइन् ।

त्यस्तै, कनिष्ठ समूहमा कक्षा ६ की प्रबिना कामत प्रथम भइन् । कक्षा ६ की स्मारिका अधिकारी द्वितीय, कक्षा ७ की आस्मा चौधरी तृतीय र कक्षा ६ की वीरा मण्डलले सान्त्वना स्थान हासिल गरिन् ।

प्रतियोगितामा विद्यार्थीले कृत्रिम बुद्धिमत्ता र मोबाइल फोनका सकारात्मक तथा नकारात्मक पक्षबारे तर्कसहित आफ्ना विचार प्रस्तुत गरेका थिए । समसामयिक प्रविधिको प्रभाव, यसको उपयोगिता, सम्भावित चुनौती तथा विद्यार्थी जीवनमा पर्ने असरबारे विद्यार्थीले धारणा राखे ।

प्रतियोगिताले विद्यार्थीमा तार्किक सोच, आत्मविश्वास र वक्तृत्वकला विकास गर्नुका साथै समसामयिक विषयमा स्वतन्त्र रूपमा विचार निर्माण गरी प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमताको विकासमा योगदान पुर्‍याएको प्रिन्सिपल सुवालले बताए ।
प्रतियोगितामा विभिन्न कक्षाका २२ विद्यार्थी सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर