AArya
RUMPUM
animated ellipse animated ellipse

अनिलकुमार साहको अध्यक्षमा मोरङ उद्योग व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०८३, आईतवार १७:३३
3
Shares
विराटनगर / अनिलकुमार साहको अध्यक्षमा मोरङ उद्योग व्यापार संघको ३५ औँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।

साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा सदस्यतर्फ सुशील सुराना, अनिल सारडा, विनीत सिंघानिया, दीपेश सुवेदी, विवेककुमार अग्रवाल, विकासकुमार बेगवानी र अन्वित घिमिरे निर्वाचित भएका छन् ।

 

त्यस्तै, अमितकुमार सारडा, पवन राठी, मनिषकुमार मारु, अमित राठी, राजेशकुमार अग्रवाल, संजयकुमार श्रेष्ठ, देवाशिष गोल्छा र वेदान्त जाजु निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिवलगायत अन्य पदाधिकारीको जिम्मेवारीसमेत चयन गर्ने जनाइएको छ ।

नयाँ नेतृत्वले विराटनगर तथा मोरङको उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान, लगानी प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर