AArya
RUMPUM
animated ellipse animated ellipse

राज्यका हरेक निकायमा लैंगिक तथा यौनिक अल्पसंख्यकको प्रतिनिधित्व आवश्यक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०८३, बुधबार १९:४६
3
Shares
विराटनगर / समावेशी राजनीतिका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

लिड नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा विराटनगरमा आजदेखि सुरु भएको ‘नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकास तथा प्रतिनिधित्व’ विषयक कार्यशालामा सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले गरेकी थिइन् । उनले समावेशी राज्य निर्माणका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका हरेक निकायमा समान अवसरसहित अघि बढाउनुपर्ने बताइन् ।

राज्यमन्त्री परियारले राज्यका नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सबै समुदायको प्रतिनिधित्व सुनिश्चित भए मात्र समावेशी लोकतन्त्र बलियो हुने धारणा राखिन् । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अवसरबाट वञ्चित गरेर समावेशी राज्यको परिकल्पना पूरा हुन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले राजनीतिक दल तथा राज्यका हरेक निकायमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।

‘देशभर नीति निर्माण गर्ने तहमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुनुपर्छ । त्यसो भए मात्रै हाम्रो समुदायको जनभावनाको कदर हुन्छ,’ उनले भनिन्, ‘यस क्षेत्रका व्यक्तिलाई पनि समान हैसियतका साथ राजनीतिमा र राज्यका हरेक निकायमा समावेश गरिनुपर्छ ।’

उनले राजनीतिक दलभित्रैबाट लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्व विकास र प्रतिनिधित्वका लागि वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यशालाको सहजीकरण नीलहिरा समाजका संस्थापक अध्यक्ष तथा पूर्वसांसद सुनिलबाबु पन्तले गरिरहेका छन् । बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिका साथै सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर