कृष्णको भेषमा सजिए विद्यार्थी, बुढानीलकण्ठ स्कुलमा श्री कृष्ण जन्माष्टमीको रौनक
पूर्वाञ्चल खबर
१८ भाद्र २०८३, बिहीबार १५:४७
117
Shares
विराटनगर / विराटनगर-२ मा रहेको बुढानीलकण्ठ स्कुलले बिहीबार श्रीकृष्ण जन्माष्टमी मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा विविध कार्यक्रम गरिएको थियो।
जन्माष्टमीका अवसरमा विद्यार्थीहरूले नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। कृष्णको भेषमा सजिएका विद्यार्थीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए। विभिन्न सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमले विद्यालय परिसर दिनभर उत्सवमय बनेको थियो।
विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीलाई धर्म तथा संस्कृतिसँग जोड्दै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी मनाउँदै आएको विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईले बताए। उनका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीलाई नेपाली मौलिक धर्म, संस्कृति र परम्पराबारे जानकारी दिनुका साथै त्यसको संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।