पूर्वाञ्चल खबर
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली, निर्देशकद्वय भूपेन्द्र दाहाल र शंकर भट्टराईसहित विद्यार्थीहरूले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए। उनले विपद्को समयमा शिक्षादीप कलेज सधैँ मानवीय सेवामा अग्रसर हुँदै आएको बताए।