पूर्वाञ्चल खबर
चौहानले आज सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको चौहानले बताए। ‘विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन,’ उनले भने, ‘पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै वास्तविक मानवीय जिम्मेवारी हो।’
उनले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए।
सहयोग रकम बुझ्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले विपद्का बेला गरिएको सहयोगले पीडितलाई ठूलो राहत पुग्ने बताए। उनले भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग गर्न अन्य व्यक्ति तथा संस्थालाई समेत आग्रह गरे।