पूर्वाञ्चल खबर
कलेजमा व्यवस्थापन संकायमा अध्यरनरत कक्षा ११ र १२ का ५६ जना विद्यार्थी सहभागि रहेका थिए । प्रतियोगितामा अमृता साह, गरिमा सिवाकोटी, रोजन राई र श्रीशान्त पाठकको समुह प्रथम भए भने आयुषी चौधरी, बिबेक थापा, मिराज कोइराला र सिद्धार्थ चौधरीको समुह दोस्रो तथा प्रबेश पौडेल, रन्जितकुमार खेडवार, सविन बुढाथोकी र सिवानी गेलालको समुह तेस्रो भएको छ ।
विजयी हुने टिमलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड़का, व्यवस्थापन संकायका को–आर्डिनेटर शंकर भट्टराई कलेजका निर्देशकहरु शैलेन्द्र सिवाकोटी, निलम भट्टराई र टेकेन्द्र बस्नेतले नगदसहित पुरस्कृत गरे ।