पूर्वाञ्चल खबर
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्ती कार्कीले विश्वासको मत लिन लागेका हुन्।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ गरी सत्ता गठबन्धनसँग ५७ सांसद छन् । कांग्रेस, राप्रपा वा जसपाको समर्थनबिनै कार्कीले विश्वासको मत पाउने अवस्था देखिएको छ ।
प्रदेशसभामा कांग्रेसका २९, राप्रपाका ५ र जसपाका १ सांसद छन् । यसअघि कांग्रेसको समर्थनमा सरकार चलाएका कार्कीले सत्ता समीकरण परिवर्तन भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
आजको मतदानमा एमाले–नेकपा गठबन्धनको एकता निर्णायक हुने देखिएको छ ।