केराबारी, ८ बैशाख / मोरङकै सबैभन्दा ठूलो गाउँपालिका केराबारीमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षपदमा सर्वसम्मतउमेदवार चयन गरेको छ ।
काँग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख रोहित कार्कीलाई सर्व सम्मत अध्यक्षको रुपमा सिफारिस गरिएको छ । कल्पना राई कटुवाल महिला उपाध्यक्षमा सर्व सम्मत उमेदवारमा सिफारिस गरिएको छ ।
अध्यक्षको दौडमा तिलक मगर, प्रकाश बस्नेत, बिर्ख थापा, नरबहादुर लिम्बू, गजेन्द्र भण्डारी र शिवथापा पनि थिए । तर, बाँकी ६ जनाले कार्कीलाई नै सर्व सम्मत बनाउन सहमति जनाएका हुन् ।
दशवटा वडा भएको केराबारी गाउँपालिकामा १७ हजार ५ सय मतदाता छन । यो जिल्लाकै ठूलो गाउँपालिकाहो । गाविसको जन संख्या पनि अन्यको तुलनामा धेरै छ । काँग्रेसले केराबारीका सबै वडामा सर्व सम्मत उमेदवारको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।