पुण्य पि अधिकारी
इटहरा, ८ वैशाख / रतु्वामाई नगरपालिकामा चुनावी चहलपहल बढेको र वैशाख ३१ को चुनाव जसरी पनि सम्पन्न गर्ने प्रतिबद्धता रतुवामाई नगरपालिकाका निर्वाचन अधिकृत दीपक कोइरालाले ब्यक्त गरेका छन् ।
आज दक्षिणी मोरगंका सिजुवा, इटहरा,महादेवा,झुर्किया,वरडंगाको वडा नम्बर १,४,५,७ र गोविन्दपुर गाविसको वडा नम्बर १,३,४ र ७ लाई समावेश गरेर घोषणा गरिएको रतुवामाई नगरपालिकामा निर्वाचन कार्यालयको शुभारम्भ गर्दै निर्वाचन अधिकृत कोइरालाले चु्नाव जसरी पनि सम्पन्न गर्ने धारणा ब्यक्त गरेका हु्न् ।
दक्षिणमा भारतको अररीया जिल्लासँग सिमाना जोडिएको रतुवामाई नगरपालिका पूर्वमा झापासँग जोडिएको छ । दक्षिणी क्षेत्रमा आदीवासी जनजातिको बाहुल्यता रहेको यो नगरपालिका यतिबेला आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीत भएको छ । दीपक कोइरालाले निर्वाचन अधिकृतको रुपमा कार्यालयको शुभारम्भ गरेपछि मतदाता शिक्षा कार्यकर्ता तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि चुनाव केन्द्रित भएका छन् ।
कार्यालय उद्घाटनका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले कुनैपनि हालतमा सौहार्दपूर्ण वातावरणमा चुनाव हुने निश्चित भएको बताएपछि आफूहरुमा चुनावी रौनक बढेन थालेका नेकपा एमाले रतुवामाई नगरपालिका ६ का वडाध्यक्षका आकांक्षी तुलाराम लुईटेलले बताए । स्थानीय राजनीतिक दल र सुरक्षाकर्मीसँग भएको संयुक्त बैठकले रतुवामाई नगरपालिकामा चुनाव शान्त वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नरहने नगरपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यले बताए ।