AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको निवासमा प्रहरीको छापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०८३, सोमबार ०८:३८
3
Shares
विराटनगर / विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाको निवासमा प्रहरीले आज बिहानैबाट घेरा हालेर खानतलासी गरिरहेको छ । अवैध रूपमा ठुलो परिमाणमा नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा प्रहरीले बिहान पौने ५ बजेको समयदेखि मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी सुरु गरेको हो ।

विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालय अगाडि रहेको मुन्दडाको निवासमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले मुन्दडाको घरलाई पूर्ण नियन्त्रणमा लिएर बाहिरी व्यक्ति र सवारीसाधनको आवतजावतमा समेत रोक लगाएको छ ।प्रहरी स्रोतका अनुसार मुन्दडामाथि विगत लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको थियो ।
यद्यपि, ती आरोपहरू हालसम्म कानुनी रूपमा पुष्टि भइसकेका छैनन् । आजको छापा पनि सोही अवैध कारोबार र लुकाइएको नगदसँग सम्बन्धित रहेको आशंका गरिएको छ । घरमा अवैध रकम फेला परे नपरेको विषयमा भने अझै यकिन भइसकेको छैन ।

मोरङ प्रहरीका अनुसार अनुसन्धानको प्रक्रिया जारी रहेको र खानतलासी सकिएपछि मात्रै बरामद भएका सामग्री वा रकमको बारेमा आधिकारिक जानकारी दिइने छ । ‘हामीले प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाएका हौँ, थप विवरण केही समयपछि सार्वजनिक गर्नेछौँ,’ प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर