AArya
RUMPUM
animated ellipse animated ellipse

कर्फ्यु तोडेर प्रदर्शन र आगजनी भएपछि देवानगञ्जमा सेना परिचालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०८३, सोमबार १३:४४
63
Shares
विराटनगर /सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन र आगजनी भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ ।

आइतबार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि आज बिहानैदेखि प्रशासनले निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो । तर, प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै विभिन्न स्थानमा तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेना परिचालन गरिएको हो ।

हतियारसहितको सेनाको टोली पुगेपछि अहिले कप्तानगञ्ज क्षेत्रको अवस्था विस्तारै सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले प्रदर्शनकारीले उग्र रूप लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए ।

आइतबार राति दुई पक्षबीचको विवादले हिंसात्मक मोड लिँदा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको थियो । सो क्रममा गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । झडप र प्रहरीको कारबाहीमा नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल जनाएको छ । उनीहरुको शरिरको विभिन्न भागमा गोली लागेको छ ।

प्रहरीका अनुसार झडपका क्रममा सुरक्षाकर्मी र सर्वसाधारण गरी २२ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानैदेखि कप्तानगञ्जसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, बिहानैदेखि स्थानीयले प्रदर्शन र नाराबाजी नरोकेपछि स्थिति तनावग्रस्त बनेको थियो । हाल उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर