AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको आर्या न्युरोमा अत्याधुनिक ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ असार २०८३, बिहीबार १६:२८
27
Shares
विराटनगर / मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले विराटनगरस्थित आर्या न्युरो हस्पिटलले दुर्बिन (एन्डोस्कोप) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ।

अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु-भी-ई’ प्रविधि भित्र्याएको हो। यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गरिन्छ।

अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकज राज नेपालका अनुसार यो प्रविधि मेरुदण्डको उपचारमा निकै प्रभावकारी र बिरामीमैत्री छ। डा. नेपाल भन्नुहुन्छ, “यु-भी-ई प्रविधिमा हामी दुईवटा साना (करिब ८ एमएमका) प्वाल बनाएर दुर्बिन छिराउँछौँ। यसको माध्यमबाट मेरुदण्डमा नसा च्यापिएको ठाउँमा पुगेर त्यसलाई रिलिज गरिन्छ। यो निकै विकसित प्रविधि हो, जसमा म्याग्निफिकेसन (दृश्यलाई ठुलो पारेर हेर्ने क्षमता) धेरै राम्रो हुने भएकोले शल्यक्रिया अत्यन्तै सुरक्षित हुन्छ।”

परम्परागत खुला शल्यक्रिया (Open Surgery) को तुलनामा यस प्रविधिका धेरै फाइदाहरू रहेका छन्। डा. नेपालका अनुसार यो विधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रक्तस्राव कम हुने र संक्रमणको जोखिम न्यून हुन्छ। उहाँ थप्नुहुन्छ, “यसबाट बिरामीको ‘रिकभरी’ निकै छिटो हुन्छ। शल्यक्रिया गरेको १-२ दिनमै बिरामी घर जान सक्छन् र चाँडै हिँडडुल गर्न सक्षम हुन्छन्।”

विशेष गरी डिस्क खस्किने (Slipped Disc), साइटिका, नसामा दबाब पर्ने समस्या तथा मेरुदण्डका विभिन्न रोगहरूको उपचारमा एन्डोस्कोपिक स्पाइन सर्जरी प्रभावकारी विकल्पका रूपमा स्थापित भएको छ।

आर्या न्युरोले यस सेवाको सुरुवातसँगै कोशी प्रदेश लगायत देशभरका बिरामीहरूलाई विश्वस्तरीय स्पाइन उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ। आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवामार्फत आर्या न्युरोलाई न्युरो तथा स्पाइन उपचारको अग्रणी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिहरूलाई आत्मसाथ गर्दै बिरामीलाई सहज, सुरक्षित र भरपर्दो उपचार सेवा प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर