विराटनगर, ८ बैशाख । एमाले मोरङले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर औपचारिक रुपमा चुनावी अभियान आजदेखि सुरु गरेको छ ।
आज एक कार्यक्रमका आयोजना गरी एमाले मोरङका निर्वतमान अध्यक्ष महेश रेग्मीले अभियानको उद्धघाटन गरेका छन् । अभियानमा चुनावको प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीव्र पारिने एमालेले जनाएको छ । अभियान उद्धघाटनसंगै एमालेले विराटनगरको पुष्पलाल चौकदेखि भट्ट चौक सम्म र्याली पनि निकालेको छ ।
र्यालीमा एमालेको स्थानिय नेतादेखि कार्यकर्ताको सयौंको उपस्थिती रहेको थिायो । निर्वतमान अध्यक्ष रेग्मीले निर्वाचनको प्रचार प्रसारका लागि घरदैलो अभियानलाई पनि तीव्र बनाइने बताए । अभियानमा सबै जनतालाई निर्वाचनमा भाग लिएर एमालेलाई जिताउन आब्हान गरिने उनको भनाइ छ ।
संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पार्टी एमालेलाई स्थानीय निर्वाचनमा सानदार रुपमा विजयी गराएर परिवर्तन र समृद्धिको नारालाई मजवुत बनाउनेतर्फ अभियान केन्द्रीत हुने जानकारी रेग्मीले दिए ।