पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार असार १० गते साँझ १४ वर्षीया एक किशोरी र उनकी १७ वर्षीया साथीलाई बलात्कार गर्नेहरु पक्राउ परेका हुन् ।
घरनजिकै रहेको विद्यालय परिसरमा घुमफिर गर्न गएका बेला चिनजानका दुई युवाले घरसम्म पुर्याइदिने भन्दै उनीहरुलाई एकान्त स्थानतर्फ लगेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भद्रपुर–५ निवासी २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतोले किशोरीहरूलाई छुट्टाछुट्टै स्थानमा लगेर बलात्कार गरेको आरोप लागेको छ।
जाहेरीअनुसार शिवा सहनीले १४ वर्षीया किशोरीलाई मानिस बसोबास नभएको खुला भुइँघरमा लगेर त्यहाँ रहेको त्रिपालमाथि लडाएर बलात्कार गरेका थिए। त्यस्तै, अभिषेक महतोले १७ वर्षीया किशोरीलाई नजिकैको केराघारीमा लगेर बलात्कार गरेको आरोप छ।
घटनापछि पीडितहरूले परिवार र स्थानीयको सहयोगमा प्रहरीमा उजुरी दिएका थिए। उजुरी दर्ता भएसँगै प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिए।
पीडित र परिवारलाई कानुनी तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै आरोपितविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।