पूर्वाञ्चल खबर
सहमतिसँगै गत असार ८ गतेदेखि प्रशासनको मूल गेटमा धर्ना दिइरहेका आफन्त र अधिकारकर्मीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । मंगलबार भएको वार्तामा प्रशासनले पीडित परिवारलाई न्याय दिने र दोषीलाई कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि परिवारले कोशी अस्पतालमा रहेको शव बुझ्न सहमति जनाएका हुन् । गत वैशाख ६ गते गुप्ता परिवारले घरमै पुगेर जग्गा खाली गर्न र ज्यान मार्ने धम्की दिएपछि विक्षिप्त बनेकी शान्तिदेवीले भोलिपल्ट वैशाख ७ गते आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।
१ लाख ५० हजार ऋणले बन्यो काल
११ वर्ष अघि २०७२ साल असोज ११ गते माइली छोरी सोनीको भाँचिएको खुट्टाको उपचार गर्न बान्तिदेविले स्थानिय अम्विका भनिन अमरिकाकुमारी राँयसँग १ लाख ५० हजनर ऋण लिएकी थिइन् । ऋणको बदलामा उनले आफ्नो १० धुर जग्गा राँयको नाममा नामसारी गरिदिएकी थिइन् शान्तिदेविले समयक्रमा ९० हजार रुपैयाँ ब्याज मात्र बुझाइसकेकी थिइन् । तर राँयले जग्गा फिर्ता गर्नुको साटो विराटनगर १४ कै श्रीनारायण गुप्ताकी श्रीमती सुन्दरी गुप्ताको नाममा सोही विक्री गरिदिइन् । जग्गा जोगाउन शान्तिदेविले विभिन्न सहकारीबाट ऋण काढेर गुप्ता परिवारलाई ४ लाख ६५ हजार रुपैयाँ बुझाए पनि जग्गा फिर्ता भएन । बरु गुप्ता परिवारले उनीविरुद्ध अदालतमा मुद्दा हालेर मानसिक सास्ती दिन थाले । गत बैशाख ६ गते गुप्ता परिवारले घरमै पुगेर जग्गा खाली गर्न र ज्यान मार्ने धम्की दिएपछि विक्षिप्त बनेकी शान्तिदेविले भोलीपल्ट बैशाख ७ गतृ आत्महत्या गरेकी थिइन् । हामीले ४ लाख तिरिसक्यौ नत जग्गा पनि पाइयो नत श्रीमती नै पाइयो मृतकका श्रीमान भोमा महतोले गहभरी आँसु झार्दै भने ।
यस्तो छ ५ बुँदे सहमति
जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र पीडित पक्षबीच भएको सहमतिमा घटनाको निष्पक्ष छानबिन गर्ने पहिलो बुँदा उल्लेख छ । यस्तै, मृतकका पति भोमा महतोलाई योग्यताका आधारमा रोजगारीका लागि उद्योग वाणिज्य संघ मोरङसँग पहल गर्ने र मृतकका दुई छोरीको माध्यमिक तहसम्मको शिक्षाका लागि प्याब्सन मोरङमार्फत छात्रवृत्तिको व्यवस्था गर्ने सहमति भएको छ ।
उच्च शिक्षाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने र मिटरब्याज सम्बन्धी कानुनी जटिलता फुकाउन पहल गर्ने सहमतिमा उल्लेख छ । वार्तामा सहभागी विराटनगर–१४ का वडाअध्यक्ष सूर्य नारायण महतोले विपन्न नागरिकमाथि भएको यो चरम शोषण भएको र दोषीले कुनै हालतमा उन्मुक्ति पाउन नहुने बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा श्रीनारायण गुप्ता र उनका छोरा अमन गुप्तालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘‘सुन्दरी गुप्तालाई भने स्वास्थ्य अवस्थाका कारण हाल हाजिर जमानीमा छाडिएको छ । पछि अभियोग अदालतमा दर्ता हुँदा उनलाई पनि प्रतिवादी बनाइन्छ,’’ उनले भने ।