AArya
RUMPUM
animated ellipse animated ellipse

होटेल मेनेजमेन्टमा भर्ना भएका नव आगन्तु विद्यार्थीलाई अरनिको कलेजको अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०८३, शुक्रबार १७:००
153
Shares
विराटनगर / विराटनगरमा १० मा रहेको अरनिको कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी दिने अभिमुखिकरण गोष्ठीसँगै स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

सास्थम कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरेको अरनिकोमा कक्षा ११ होटेल मेनेजमेन्ट संकायको २१ औं ब्याचमा भर्ना भएका करिव ५५ जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

सास्थम कलेजका क्याम्पस प्रमुख विनय केसीले विद्यार्थीलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै कोशी प्रदेश क्षेत्रमै होटल व्यवस्थापन अध्ययनमा अग्रणी संस्थाको रूपमा पहिचान बनाएको उल्लेख गरे ।

कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशनबहादुर थापा, क्याम्पस प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए प्लस टु को–अर्डिनेटर सुशिल खनाल, क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक नृत्य र गीत तथा मनोरञ्जनात्मक प्रस्तुतीमार्फत नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेका थिए ।

सास्थम कलेजमा विएचएम,विविए, एमविए र एमविएचएमको कार्यक्रम सञ्चालनमा आएको छ । कलेजमा करि ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर