पूर्वाञ्चल खबर
आज विराटनगरमा एक समारोहका बीच सदस्यहरूलाई सहकारीको अवधारणा र कार्यविधिका विषयमा जानकारी दिइएको हो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षक राजेश दाहालले गरेका थिए । आफ्ना सेयर सदस्यहरूलाई सहकारी शिक्षा र यसको महत्वबारे सुसूचित गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक प्रेमलालसिंह सुवालले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव उमेश मास्केले गरेका थिए । हाल यस सहकारीमा ७८७ जना सेयर सदस्यहरू आबद्ध रहेका छन् । तीमध्ये नयाँ बनेका सदस्यहरूलाई लक्षित गरी यो प्रशिक्षण दिइएको संयोजक सुवालले बताए ।