AArya
RUMPUM
animated ellipse animated ellipse

कन्डम र पोलिथिनमा प्याक गरी मलद्वारभित्र लुकाएको अवस्थामा लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०८३, आईतवार १८:३८
3
Shares
विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–७ स्थित गोल चोकबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना युवक पक्राउ परेका छन् ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले शरीरभित्र मलद्वारमा लुकाएर राखेको लागुऔषध दिसा गराएर बाहिर निकालिएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारी–७ गोलचोक क्षेत्रमा मोटरसाइकलसहित नियन्त्रणमा लिएका उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङबाट लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार दुवैले पारदर्शी कन्डम र पोलिथिनमा प्याक गरी मलद्वारभित्र लुकाएको अवस्थामा लागुऔषध ओसारपसार गरिरहेका थिए। चिकित्सकीय निगरानीमा गरिएको प्रक्रियापछि श्रेष्ठबाट १४।७२ ग्राम र गुरुङबाट ९।४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग गरिएको मोटरसाइकल र दुवै जनाको मोबाइल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। मोरङ प्रहरीका अनुसार शरीरभित्र लागुऔषध लुकाएर ओसारपसार गर्ने प्रवृत्ति नयाँ र चुनौतीपूर्ण देखिएकाले यसको सञ्जाल पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर